डडेल्धुरामा ४७ हजारभन्दा बढीले गरेनन् मतदान

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कुल मतदातामध्ये ४७ हजारभन्दा बढीले मतदान नगरेको पाइएको हो ।

फाल्गुन २२, २०८२

तर्कराज भट्ट

More than 47,000 people did not vote in Dadeldhura

डडेल्धुरा — प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा ठूलो संख्यामा मतदाता मतदान प्रक्रियामा सहभागी नभएको पाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कुल मतदातामध्ये ४७ हजारभन्दा बढीले मतदान नगरेको पाइएको हो ।

डडेल्धुरामा ९३ हजार ४ सय ३ मतदाता रहेकामा  ४५ हजार ९ सय ९ जनाले मात्रै मतदान गरे भने ४७ हजार ४ सय ९४ मतदाता मतदानमै सहभागी भएनन्।

जिल्लामा ४६ हजार ४ सय ४६ महिला मतदाता रहेका छन्। तीमध्ये २५ हजार ३ सय १३ जनाले मात्रै मतदान गरेका छन् भने २१ हजार १ सय ३३ महिला मतदानमै सहभागी भएनन्। यस्तै ४६ हजार ९ सय ५७ पुरुष मतदातामध्ये २० हजार ५ सय ९६ जनाले मतदान गरे भने २६ हजार ३ सय ६१ पुरुष मतदान गर्न केन्द्रसम्मै पुगेनन्।

डडेल्धुरामा भएको मतदानमा महिलाको सहभागिता पुरुषभन्दा केही बढी देखिएको छ। जिल्लाभर १ सय ४ मतदान स्थल र एउटा अस्थायीसहित १ सय ४२ मतदान केन्द्रमा मतदान भएको हो।

तर्कराज

Link copied successfully