डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका जोशी अग्रस्थानमा

राष्ट्रिय स्वतन्त्र पार्टीका जोशीले १ हजार ५२ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

फाल्गुन २२, २०८२

तर्कराज भट्ट

Joshi of the National Independent Party is leading in Dadeldhura.

डडेलधुरा — डडेलधुरामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हालसम्म २ हजार ६ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशी अग्रस्थानमा देखिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएका २ हजार ६ सय मतमध्ये २ हजार ४५३ मत सदर भएका छन् भने १४७ मत बदर भएका छन् ।

सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका जोशीले १ हजार ५२ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली कांग्रेसका नैनसिंह महरले ५०८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका मानसिंह माल ५३० मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले १८ मत पाएका छन् ।

अन्य उम्मेदवारतर्फ जय मातृभूमि पार्टीका लक्ष्मीदत्त भट्टले १२ मत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विकले ४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार तीर्थराज उप्रेतीले ४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगरले २ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरले १ मत प्राप्त गरेका छन् । डडेलधुरा जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ र मतगणना जारी रहेको छ ।

तर्कराज

Link copied successfully