दार्चुलाको दुई केन्द्रमा अझै सुरू भएन मतदान

नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका छन्।

फाल्गुन २१, २०८२

मनोज बडू

Voting has not yet begun at two centers in Darchula.

दार्चुला — दार्चुलाको  दुई वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । दिउँसो तीन बजेसम्म स्थानीय कोही पनि मत हाल्न मतदान अधिकृतले जनाएका छन् ।  

यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन्।

नागुबासीलाई बुधबार पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल पुगेर छलफल गरे पनि उनीहरू मत नहाल्ने निर्णयमा अडिग रहेका छन् ।

झुस्कु मतदान केन्द्रमा अपिहिमाल गाउँपालिकाले २०७४ सालमै वडा विभाजनको निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै मतदान बहिष्कार गरेका हुन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully