मतपेटिका ढोग्दै ज्येष्ठ मतदाताको कामना : ‘छोराछोरी विदेशिन नपरोस्’

उनले अब देशमै रोजगारी सिर्जना होस् र कसैका छोराछोरी बाध्य भएर विदेशिन नपरोस् भन्ने अपेक्षासहित आफूले मतदान गरेको बताइन् ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Senior voters bow to ballot box, wish: 'May their children not have to go abroad'

अछाम — प्रतिनिधिसभा निर्वाचनमा अछामका ज्येष्ठ नागरिकहरू आफ्ना पीडा, आशा र भविष्यको चिन्तासहित मतदानमा सहभागी भएका छन् । 

मङ्गलसेन नगरपालिका–३ की ७० वर्षीया सेतु विष्टले आँसु खसाल्दै मतदान गरिन् । उनका दुई छोरा छन्, तर एउटा छोरा रोजगारीका लागि विदेशमा छन् ।

Senior voters bow to ballot box, wish: 'May their children not have to go abroad'

‘दुई छोरा छन्, तर आँखाअगाडि एउटा मात्रै छ। विदेश गएको छोरा कहिले आउँछ थाहा छैन,’ उनले भनिन्, ‘मर्ने बेला छोराको अनुहार देख्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लाग्छ ।’

उनले अब देशमै रोजगारी सिर्जना होस् र कसैका छोराछोरी बाध्य भएर विदेशिन नपरोस् भन्ने अपेक्षासहित आफूले मतदान गरेको बताइन् । ‘अब कसैका छोराछोरीले विदेशमा दुःख नपाऊन्, गोली खाएर मर्नु नपरोस् भन्ने लाग्छ,’ उनले भनिन् ।

त्यस्तै मङ्गलसेन नगरपालिका–३ कै ७५ वर्षीया बसन्ती बिष्टले पनि आफ्ना सन्तान र नातिनातिनालाई आफ्नै वरिपरि देख्ने चाहनासहित मत खसालेको बताइन्।

Senior voters bow to ballot box, wish: 'May their children not have to go abroad'

मत खसालेपछि उनले मतपेटिका ढोग्दै भनिन्, ‘बुढेसकालमा नातिनातिनाको अनुहार हेरेर बस्न पाइयोस् भन्ने मन छ। छोराछोरी विदेशिन नपरोस्, यहिँ बसेर जीवन चलाउन पाऊन् भन्ने चाहनाले मत दिएकी हुँ।’

कान्तिपुर

Link copied successfully