देउवाले मतदान गर्ने केन्द्रमै आधाभन्दा कम मत खस्यो

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि मतदाताको उत्साह भने न्यून देखिएको छ।

फाल्गुन २१, २०८२

तर्कराज भट्ट

Less than half of the votes were cast at Deuba's polling station.

डडेलधुरा — बिहीबार सम्पन्न मतदानमा डडेलधुरामा आधाभन्दा कम मत खसेको छ । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विगतमा मतदान गर्दै आएको मतदान केन्द्रमै पनि यसपटक न्यून मत खसेको छ।

गन्यापधुरा गाउँपालिका–१ स्थित अशीग्राम माध्यमिक विद्यालय रुवाखोला ‘क’ र ‘ख’ मतदान केन्द्रमा कुल १ हजार ३२६ मतदाता रहेका थिए। तीमध्ये ‘क’ केन्द्रमा ६४४ र ‘ख’ केन्द्रमा ६८२ मतदाता थिए।

‘क’ केन्द्रमा २९३ र ‘ख’ केन्द्रमा २८१ गरी जम्मा ५७४ मत खसेको अशीग्राम मावि रुवाखोला ‘क’ केन्द्रका मतदान अधिकृत रतनबहादुर भण्डारीले जानकारी दिए। 

यसअनुसार दुवै केन्द्रमा गरी आधाभन्दा कम मत खसेको हो। उक्त मतदान केन्द्रमा विगतमा देउवाले आफैं चुनाव लड्दै आएको बेला मतदान गर्ने गरेका थिए। तर यसपटक भने देउवा न उम्मेदवार बनेका छन् न त मतदानमा सहभागी भए।

जिल्लाभरका विभिन्न मतदान केन्द्रबाट प्राप्त विवरणअनुसार पनि धेरै स्थानमा मतदाताको सहभागिता अपेक्षाभन्दा कम देखिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि मतदाताको उत्साह भने न्यून देखिएको छ।

तर्कराज

Link copied successfully