डोटीमा ४०.८० प्रतिशत मतदान

जिल्लामा रहेका १ लाख २८ हजार ७ सय ३९ मतदातामध्ये ४० दशमलव ८० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

फाल्गुन २१, २०८२

मोहन पनेरु

40.80 percent voter turnout in Doti

डोटी — जिल्लाका १ सय ८१ मतदान केन्द्रमा सम्पन्न मतदानमा कुल ५२ हजार ५ सय ३८ मत खसेको छ ।

जिल्लामा रहेका १ लाख २८ हजार ७ सय ३९ मतदातामध्ये ४० दशमलव ८० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभर रहेका मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।  स्थानीय तहअनुसार प्राप्त विवरणमा सबैभन्दा बढी मतदान शिखर नगरपालिकामा ८ हजार ४ सय २४ खसेको छ। त्यसपछि दिपायल सिलगढी नगरपालिकामा ८ हजार २ सय ७९ मत खसेको छ।

त्यसैगरी जोरायल गाउँपालिकामा ६ हजार ४ सय ४७, केआई सिंह गाउँपालिकामा ५ हजार ९ सय ३७, आदर्श गाउँपालिकामा ५ हजार ७ सय ६८, पुर्वीचौकी गाउँपालिकामा ५ हजार ३ सय ७० र सायल गाउँपालिकामा ४ हजार ४ सय ५९ मत खसेको छ।

बडिकेदार गाउँपालिकामा ४ हजार ७० मत खसेको छ भने सबैभन्दा कम मतदान बोगटान गाउँपालिकामा ३ हजार ७ सय ८४ भएको छ। मतदान सम्पन्न भएसँगै जिल्लाका विभिन्न स्थानबाट मतपेटिका संकलन गर्ने कार्य सुरु गरिएको छ। 

मोहन

Link copied successfully