ढुंगामुढा प्रहारबाट प्रहरी निरीक्षक बलराम पाण्डे र सहायक प्रहरी निरीक्षक डबल साउद घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए ।
धनगढी — धनगढीमा मदिरा सेवन गरेका युवाहरुको समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा युवाहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।
ढुंगामुढा प्रहारबाट प्रहरी निरीक्षक बलराम पाण्डे र सहायक प्रहरी निरीक्षक डबल साउद घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए । मंगलबार राति धनगढी १३ कैलाली गाउँमा मदिरा सेवन गरेर झगडा गरिरहेका युवाहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीको गाडीमाथि ढुंगामुढा प्रहार गरेको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए ।
‘एसपीको गाडीसमेत तोडफोड भएको छ,’ प्रवक्ता तिमिल्सिनाले भने ‘प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।’
घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
![Clashes in Kailali, four people including an inspector injured, 6 rounds of aerial fire [Update]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)