मौन अवधिमै कैलालीमा झडप, प्रहरी असई घाइते

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार मादक पदार्थ सेवन गरेर उक्त समूहबीच झडप भएको थियो । अरु कारण भने हालसम्म खुलेको छैन ।

फाल्गुन १९, २०८२

रञ्जना बिसी

Clashes in Kailali during silence period, police officer injured

कैलाली — मौन अवधिमै कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ । मंगलबार साँझ भएको झडपमा केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार मादक पदार्थ सेवन गरेर उक्त समूहबीच झडप भएको थियो । अरु कारण भने हालसम्म खुलेको छैन । 

झडप नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली परिचालन गरिएको थियो ।

नियन्त्रणका क्रममा प्रहरीका असई डबल साउदको टाउकोमा चोट लागेको भने प्रहरीको एउटा गाडीमा समेत क्षति पुगेको छ । 

झडपपछि घटनास्थलमा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपीको नेतृत्वको प्रहरी टोली खटिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रञ्जना

Link copied successfully