विश्वविद्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै २६ जना प्राध्यापक र ५१ जना उप–प्राध्यापक पदका लागि दरखास्त आव्हान गरेको हो ।
कैलाली — सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा विभिन्न विषयका प्राध्यापक र उप–प्राध्यापक पदकालागि दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयले स्वास्थ्य विज्ञान अन्तर्गतका विभिन्न शैक्षिक पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न आवेदन मागेको हो।
विश्वविद्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै २६ जना प्राध्यापक र ५१ जना उप–प्राध्यापक पदका लागि दरखास्त आव्हान गरेको हो ।
प्राध्यापक तथा उप–प्राध्यापक तहमा एनाटोमी, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, फार्माकोलोजी, नर्सिङ, इन्टरनल मेडिसिन, ईएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, डर्माटोलोजी, डेन्टल सर्जरी, पेडियाट्रिक्स, रेडियोलोजी, साइकियाट्री, अर्थोपेडिक्स, जनरल प्राक्टिस, अप्थाल्मोलोजी र मेडिकल एजुकेसन लगायत विषयमा पदपूर्ति गरिनेछ।
सूचना अनुसार प्राध्यापक र सहप्राध्यापक तहमा अधिकांश विषयमा एक–एक पद र केही विषयमा दुई पद माग गरिएको छ भने उपप्राध्यापक तहमा विषय अनुसार दुईदेखि तीन पदान जनशक्ति माग गरिएको छ।
विश्वविद्यालय प्रशासनले दरखास्तको विस्तृत विवरण, योग्यता र अन्य सर्तहरू विश्वविद्यालयको वेबसाइट तथा प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ। साथै, अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
