कञ्चनपुरमा १८ जनाले बुझाए हतियार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबारसम्म प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरीमा पुगेर १८ जनाले हतियार बुझाएका हुन् ।

फाल्गुन ७, २०८२

भवानी भट्ट

18 people surrender weapons in Kanchanpur

कञ्चनपुर — कञ्चनपुरमा निर्वाचन अवधिका लागि १८ जनाले मात्र हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेपछि हतियार बुझाएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबारसम्म प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमै पुगेर १८ जनाले हतियार बुझाएका हुन् । जिल्ला प्रशासनले माघ ५ गते सूचना जारी गर्दै इजाजत प्राप्त हतियार माघ २० सम्म बुझाउन आग्रह गरेको थियो । 

‘जिल्ला प्रशासनबाट इजाजत लिनेको संख्या धेरै छ, तर हतियार बुझाउने थोरै भए,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘कतिपयको त अद्यावधिक गर्न बाँकी रहेकाले पनि कम हतियार बुझाएको हुन सक्छ ।’ एसपी खत्रीका अनुसार जिल्ला प्रशासनबाट २ सय ३ जनाले हतियारको इजाजत लिएका छन् । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully