सामुदायिक प्रहरी बंगाबगरमा कार्यरत हवल्दार योगेन्द्रसिह घर्ती तल्लो बंगाबगर बजारको एक होटलको पछाडि मृत फेला परेका थिए ।
दार्चुला — दार्चुलामा प्रहरी हवल्दारको हत्या आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सामुदायिक प्रहरी बंगाबगरमा कार्यरत प्रहरी हवल्दार योगेन्द्रसिह घर्ती तल्लो बंगाबगर बजारको एक होटलको घर पछाडि मृत फेला परेका थिए ।
महाकाली नगरपालिका–४ का स्थानीय समेत रहेका प्रहरी हवल्दार घर्ती टाउकोमा ४/५ घाउ भएकाले हत्याको आशंका गरिएको महाकाली नगरपालिका ४ का वडाध्यक्ष जगतराम चुनाराले बताए ।
हत्यामा संलग्न आशंकामा सोधपुछका लागि ४ जनालाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीका सूचना अधिकारी हेमराज भट्टले बताए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
