बैतडीमा ईभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा ईभी चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक बल्देब बडूले जानकारी दिए ।

माघ २५, २०८२

मोहन चन्द

One person dies in EV high-speed accident in Baitadi

बैतडी — बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । 

शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ज ०६२४ नम्बरको ईभी हाइस दुर्घटना भएको थियो । दुघटनामा चालक ठगुन्ना घाइते भएका थिए । 

घाइते ठगुन्नाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । ईभी हाइस सडकबाट करिब २५० मिटर तल खोलामा खसेको र हाइसमा चालकमात्र रहेको प्रहरीले जनाएको छ ।

बिहीबार पनि बैतडीको पुर्चौडी नगरपालिका–७ मा जन्ती लिएर फर्किने क्रममा बस दुर्घटना हुँदा बैतडी र बझाङका गरी १३ जनाको मृत्यु भएको थियो ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully