डडेल्धुरा अस्पताल स्तरोन्नतिमा सरकार प्रतिबद्ध: मन्त्री गौतम

मन्त्री गौतमले आइतबार संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको स्तरोन्नति र विकासका लागि गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको बताएकी हुन् ।

माघ २५, २०८२

तर्कराज भट्ट

Government committed to upgrading Dadeldhura Hospital: Minister Gautam

डडेल्धुरा — स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले डडेल्धुरा अस्पताल स्तरोन्नतिमा सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।

मन्त्री गौतमले आइतबार संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको स्तरोन्नति र विकासका लागि गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको बताएकी हुन् ।

अस्पतालको सेवा, पूर्वाधार र जनशक्ति व्यवस्थापनको अवस्था बुझ्दै मन्त्री गौतमले सुधारका लागि मन्त्रालयले आवश्यक पहल गर्ने स्पष्ट पारिन्।

अनुगमनका क्रममा मन्त्री गौतमले डडेल्धुरा अस्पतालमा तीन सय शय्याको मेडिकल कलेज स्थापना गर्न पहल गरिने जानकारी दिइन्। वर्तमान सरकार चुनावी सरकार भएको उल्लेख गर्दै उनले अबको सीमित समयभित्र सकिने काम प्राथमिकताका साथ अघि बढाइने बताइन्।

अस्पतालको जनशक्ति समस्यालाई सम्बोधन गर्न संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृतिको प्रक्रिया मन्त्रालयबाट अघि बढाइने र यो स्वीकृत भएपछि दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुने उनले बताइन्। साथै तत्कालका लागि डडेल्धुरा अस्पतालबाट अन्यत्र खटाइएका जनशक्ति फिर्ता ल्याउन सकिने अवस्था भए मन्त्रालयले त्यसमा पनि पहल गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री गौतमले अहिले अस्पतालबाट प्रदान भइरहेका सेवाहरूलाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री ढंगले सञ्चालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइन्। संघीय अस्पतालको हैसियत अनुसार सेवा विस्तार, गुणस्तर सुधार र पूर्वाधार विकासमा सरकार गम्भीर रहेको उनको भनाई थियो। 

तर्कराज

Link copied successfully