हात्तीको आक्रमणबाट बालिकाको मृत्यु

शनिबार राति सुतिरहेका बेला हात्तीले घर भत्काएपछि भाग्ने क्रममा रेजिना र उनकी हजुरआमा पार्वतीमाथि आक्रमण गरेको थियो ।

माघ २५, २०८२

भवानी भट्ट

Girl dies in elephant attack

कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–६ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ६ वर्षीया रेजिना साउँदको मृत्यु भएको हो । शनिबार राति सुतिरहेका बेला हात्तीले घर भत्काएपछि भाग्ने क्रममा रेजिना र उनकी हजुरआमा पार्वतीमाथि आक्रमण गरेको थियो ।

रेजिनाको धनगढीस्थित नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । उनका अनुसार घाइते ५५ वर्षीया पार्वतीको उपचार भइरहेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा ६ सय बढी विस्थापित परिवारको बसोबास छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापितहरुको पुर्नस्थापना हुन नसक्दा उनीहरु निकुञ्जलगायत अन्य क्षेत्रमा बसोबास गरिरहेका छन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully