राष्ट्रियसभा निर्वाचनः पालिका र प्रदेशसभाका ४ मतदाता अनुपस्थित

सुदूरपश्चिममा महिलातर्फ १ र अन्य १ गरी दुई जना सदस्यका लागि मतदान भएको हो ।

माघ ११, २०८२

अर्जुन शाह

National Assembly election: 4 voters from municipal and provincial assemblies absent

धनगढी — सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र खसेको छ।

स्थानीय तहका दुई  र प्रदेशसभाका दुई जना मतदाता अनुपस्थित रहेका हुन्। राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरु कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपा सांसद खेमादेवी बिष्ट अनुपस्थित रहे । 

सुदूरपश्चिम प्रदेशसभाका ४९ जना राष्ट्रियसभाका लागि मतदाता हुन् । यस्तै, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कडरिया मतदानमा अनुपस्थित रहे । 

स्थानीय तहका १ सय ७१ जना मतदानमा सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेशसभामा ५१ जना मतदाता संख्या छ । ८८ स्थानीय तह रहेको यस प्रदेशमा १ सय ७३ मतदाता रहेकोमा १ सय ७१ मत खसेको छ । 
जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा चार मत नखसेको हो ।

सुदूरपश्चिममा महिलातर्फ १ र अन्य १ गरी दुई जना सदस्यका लागि मतदान भएको हो । जसका लागि ४ जना उम्मेदवार छन् । एमाले र कांग्रेसको गठबन्धन छ ।  कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ एमालेकी लिलाकुमार भण्डारी र कांग्रेसबाट खम्मबहादुर खाती सयुक्त उम्मेदवार छन् । नेपाली कम्युनिष्ट पार्टीबाट रोजी बस्नेत र टिकारम जैशी उम्मेदवार रहेका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully