ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ ।

माघ १०, २०८२

वसन्तप्रताप सिंह

Winter rains have begun late, with snowfall along with rain in remote mountains

What you should know

बझाङ — सुदूरपश्चिमका पहाडी जिल्लामा ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो । 

वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ । 

Winter rains have begun late, with snowfall along with rain in remote mountains

लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित भएका हुन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,' दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानी जस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।' उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावन जस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौं, केराउ, मुसुरोजस्ता हिउँदेबाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए । 

Winter rains have begun late, with snowfall along with rain in remote mountains

बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपातसँगै जिल्लामा जाडो बढेको छ । 

बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । ‘ढिलै भए पनि धर्ती भिजेको छ । अब फागुनमा लगाउने बालीको लागि भए पनि यो वर्षाले राम्रो हुन्छ,' बाजुरा बडिमालिकाका मदनराज जोशीले भने, ‘हिमाली भेगमा अब आलु लगाउने समय हुँदै छ । यो हिमपातले आलुबाली राम्रो हुन्छ ।'

Winter rains have begun late, with snowfall along with rain in remote mountains

वर्षासँगै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । यस्तै डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टे, डोटीको खप्तड क्षेत्रमा पनि हिमपात भएको स्थानियले जानकारी दिएका छन् । 

Winter rains have begun late, with snowfall along with rain in remote mountains

हिमपात र वर्षाका कारण चिसो बढेको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । हिमपातका बेला समूहमा आगो ताप्ने, विभिन्न गेडागुडी मिसाएर भुम्ला (गेडागुडीको सुप) तथा फर्सी पकाएर खाने यहाँका स्थानीयको चलन छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully