पञ्चेश्वरको राष्ट्रपति रनिङ शिल्डको उपाधि जवलपुरलाई

पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाभरीका ९ विद्यालयले सहभागिता जनाएका थिए ।

माघ ९, २०८२

मोहन चन्द

Jawalpur wins Pancheshwor's President's Running Shield title

बैतडी — पञ्चेश्वर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड यो वर्ष जवलपुर माविले हात पारेको छ ।

पञ्चेश्वर गाउँपालिका–५ धिरमोडामा रहेको देवथला खेल मैदानमा सञ्चालन भएको चौथो गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ८ कास्य पदकका साथ जवलपुर माध्यमिक विद्यालय सैलोडले पहिलो भएको हो ।

यस्तै राष्ट्रपति रनिङ शिल्डमा ७ स्वर्ण, ५ रजत, ८ कास्यपदक जित्दै सोमेश्वर माध्यमिक विद्यालय द्वितीय र ७ स्वर्ण, ५ रजत र ४ कास्यपदक जित्दै कुलाउ माध्यमिक विद्यालय तृतीय भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाभरीका ९ विद्यालयले सहभागिता जनाएका थिए । स्थानीयस्तरमा सचालन हुने यस्ता खेलकुदका कार्यक्रमले पालिकाभित्र राम्रा खेलाडी उत्पदान गर्नमा सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । मंगलबार देखी संचालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड बिहिबार सम्पन्न भएको हो ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully