बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ५ सय ५१ जनाले आवेदन दिएका थिए।
बैतडी — निर्वाचन प्रहरीमा भर्ना हुने आवेदकको धमाधम अन्तरवार्ता भइरहेको छ। लिखित परीक्षामा पास भएकाहरुको शुक्रबार अन्तरवार्ता भइरहेको हो।
बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ५ सय ५१ जनाले आवेदन दिएका थिए।
आवेदन दिएका भुपू प्रहरीलाई लिखितमा समावेश नगरी सिधै पास गरेर बाँकीको लिखित परीक्षा लिइएको थियो । लिखित पास गरेरकाहरुको शुक्रबार अन्तवार्ता भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
अन्तवार्ताको लागि सदरमुकामस्थित टुँडिखेलमा सात वटा लाईन व्यवस्थापन गरेर टुँडीखेलमा सात वटा लाइन व्यवस्थापन गरेर अन्तवार्ता चलिरहेको उनले बताए। शुक्रबार साँझसम्म अन्तवार्ता सकेर छनोटको काम सकिने उनले बताए ।
