शुक्लाफाँटा निकुञ्जमा खुल्यो खरखडाइ

माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टरमा ५० रुपैयाँको टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिइने छ ।

माघ ८, २०८२

रासस

The Kharkhadai has opened in Shuklaphanta National Park.

दोधारा चाँदनी (कञ्चनपुर) — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खुला गरेको छ । निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ संकलन गरी निकासी गर्ने सुविधा दिएको हो ।

निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रमा कमजोर आर्थिक अवस्था भएका बासिन्दालाई घरगोठ छाउन खर उपलब्ध हुने गरी खरखडाइ खुल्ला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। 

उनका अनुसार माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टरमा ५० रुपैयाँको टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिइने छ । खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने छ ।

खरखडाइका समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन हुने निकुञ्ज कार्यालयले जनाएको छ । 'खरखडाइले निकुञ्जभित्र सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकतासमेत पूरा हुन्छ,' निकुञ्जका सूचना अधिकारी वाग्लेले भने,'खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुन्छ ।'

निकुञ्जले हरेक वर्ष घांँसे मैदान व्यवस्थापनमा ठूलो खर्च गर्दै आएको छ । कतिपय ठाउँमा खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुने गरेको छ ।

रासस

Link copied successfully