कैलाली–४ बाट टिकट पाएका वीरबहादुर बलायर चुनाव नलड्ने

बारम्बार छोटो अवधिमै निर्वाचन गर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै बलायरले यसपटक प्रतिस्पर्धामा नजाने स्पष्ट पारे।

माघ ६, २०८२

रञ्जना बिसी

Bir Bahadur Balayar, who got a ticket from Kailali-4, will not contest the election.

कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेका वीरबहादुर बलायरले अन्तिम समयमा आएर चुनाव नलड्ने निर्णय गरेका छन्। मंगलबार मनोनयन दर्ताको तयारी तीव्र भइरहेका बेला उनले निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका हुन्।

बारम्बार छोटो अवधिमै निर्वाचन गर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै बलायरले यसपटक प्रतिस्पर्धामा नजाने स्पष्ट पारे। उनले जनप्रतिनिधि पाँच वर्षका लागि निर्वाचित भए पनि केही महिनामै फेरि चुनावमा होमिनुपर्ने परिस्थिति व्यवहारिक नभएको बताए।

कान्तिपुरसँग कुरा गर्दै बलायरले भने, 'यो संविधानबाट बनेको संसद् भंग भयो। फेरि यही संविधानबाट चुनाव हुँदैछ। यो निर्वाचनपछिको संसद् भंग हुँदैन भन्ने ग्यारेन्टी के छ?' भन्दै उनले चुनाव नलड्ने बताएका हुन्।

रञ्जना

Link copied successfully