डडेल्धुरामा रास्वपाबाट तारा जोशी उठ्ने

डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उठेर जितेका जोशीलाई रास्वपाले प्रतिनिधिसभा उम्मेदवार तय गरेको हो।

माघ ५, २०८२

तर्कराज भट्ट

Tara Joshi to contest from Rashtriya Swayamsevak Sangh (RSS) in Dadeldhura

डडेल्धुरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले पदबाट राजीनामा दिएका छन्।

डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उठेर जितेका जोशीलाई रास्वपाले प्रतिनिधिसभाको उम्मेदवार तय गरेको हो।

उम्मेदवारी तय भएसँगै उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् । उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।  

पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका जोशी रास्वपासँगको एकता टुटेपछि रास्वपामै रहेका थिए। 

तर्कराज

Link copied successfully