९३० जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ६ सय ६१ जनाले आवेदन दिएका हुन् ।
दार्चुला — दार्चुलामा निर्वाचन प्रहरीमा भर्ना हुन १६ सय भन्दा बढीले आवेदन दिएका छन् ।
९३० जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ६ सय ६१ जनाले आवेदन दिएका हुन् ।
आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले निर्वाचन प्रहरी भर्नाका लागि निवेदन माग गरिएको थियो । आवेदन दिने अन्तिम दिन बिहीबारसम्म दार्चुलामा प्रहरी र सशस्त्र प्रहरी गरी दुवै कार्यालयमा निर्वाचन प्रहरीको लागि १ हजार ६ सय ६१ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एक हजार भन्दा बढी पुरुष र ५ सयभन्दा बढी महिलाहरुले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवेन्द्र बुढाथोकीले माग संख्याको झण्डै दोब्बर संख्यामा निवेदन परेकाले जिल्लामा म्याद नथपिएको बताए ।
त्यस्तै, सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलामा एक सय २० जना पुरुषले निर्वाचन प्रहरीको लागि आवेदन दिएको छ । निर्वाचन प्रहरीमा आवेदन दिएकाहरुको लागि सम्पर्क मिति यहि माघ ४ गते तोकिएको छ ।
