दशरथचन्दको नगरसभाले पास गर्‍यो १० कार्यविधि

अब कार्यविधि पास गरिसकेपछि कृषि एम्बुलेन्सलगायत अन्य कार्यक्रम संचालन गर्न सजिलो हुने नगर उपप्रमुख कौशिला चन्दले बताइन् ।

पुस ३०, २०८२

मोहन चन्द

Dasharath Chand's municipal council passes 10 procedures

बैतडी — जिल्लाको दशरथचन्द नगरपालिकाको आठौं नगरसभा १० कार्यविधि पास गर्दै सम्पन्न भएको छ ।

नगर सभाले बालबालिकाको पोषण सुधार कार्यविधि–२०८२, नगरस्तरीय कृषि कार्यक्रम सञ्चालन कार्यविधि–२०८२, नगरपालिकाको कृषि एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि–२०८२, दलित सञ्जाल गठन र सञ्चालन कार्यविधि–२०८२, झुसे दमाई छात्रवृत्ति वितरण कार्यविधि–२०८२ र नगरपालिकाको सहकारी नियमावली–२०८२ पारित गरेको नगरपालिका योजना शाखा प्रमुख राजेश खत्रीले जानकारी दिए । 

‘केही वडाले बजेट छुट्याएका तर कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रममा संशोधन गरी नयाँ योजना, कार्यक्रम बनाएर बजेट रकमान्तर गरिएको छ,’ उनले भने, ‘नगरसभाले पास गरेका कार्यविधिअनुसार लगत्तै कार्यक्रम अगाडि बढने छन् ।’ 

नगरपालिकाका धेरै वडामा कृषकहरूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरी डोकोमा नै बोकेर बजारसम्म ल्याउने गर्छन् । यसैलाई मध्यनजर गर्दै चालु आर्थिक वर्ष संचालनलगत्तै किनिएको कृषि एम्बुलेन्स पनि कार्यविधि नबन्दा अहिलेसम्म संचालन गर्न सकिएको थिएन । अब कार्यविधि पास गरिसकेपछि कृषि एम्बुलेन्सलगायत अन्य कार्यक्रम पनि संचालन गर्न सजिलो हुने नगर उपप्रमुख कौशिला चन्दले बताइन् ।  

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully