दोगडाकेदारको रनिङ शिल्ड श्रीकेदार माविलाई

लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकोटले ११ स्वर्ण, ४ रजत र ८ कास्यसहित उपाधि जितेको हो।

पुस २९, २०८२

मोहन चन्द

Dogadakedar's Running Shield goes to Srikedar Secondary School

बैतडी — दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकेदार मावि पिपलकोटले जितेको छ।

लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकोटले ११ स्वर्ण, ४ रजत र ८ कास्यसहित उपाधि जितेको हो। यो सँगै गाउँपालिकास्तरीय रनिङ शिल्ड श्रीकेदारले हात पारेको छ।

यस्तै सात स्वर्ण र एक कास्यसहित रौलेश्वर मावि कालागाउँ दोस्रो र ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित भगवती मावि सित्तड तेस्रो भएको छ। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरेका छन्। 

गत शुक्रबारदेखि सञ्चालन भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाका ११ माविको सहभागिता रहेको थियो। 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully