डडेलधुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटनामा मोटरसाइकलमा सवार परशुराम–१२ पुन्तुराका २७ वर्षीय नविन साउद र परशुराम–६ का ३५ वर्षीय मानबहादुर जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुस २६, २०८२

तर्कराज भट्ट

Two killed in tractor-motorcycle collision in Dadeldhura

डडेलधुरा — डडेलधुराको परशुराम नगरपालिका–९ कुयापानी नजिक ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार परशुराम–१२ पुन्तुराका २७ वर्षीय नविन साउद र परशुराम–६ का ३५ वर्षीय मानबहादुर जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से २ प १४७४ नम्बरको ट्र्याक्टर र म १ प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । जोगबुढाबाट गाई बाँधेतर्फ जाँदै गरेको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तर्कराज

Link copied successfully