पैदलयात्री स्थानीय ६८ वर्षीया तारादेवी बलायरको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोटी — डोटीमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका- १० बानेडुग्रीसैनस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा स्थानीय ६८ वर्षीया तारादेवी बलायरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
धनगढीबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१ ०१३ प ८१२८ नम्बरको मोटरसाइकलले शुक्रबार दिउँसो बाटो काट्ने क्रममा पैदलयात्री बलायरलाई ठक्कर दिएको थियो ।
दिपायल सिलगढी नगरपालिका-२ घर भएका २६ वर्षीय मोहन बोगटीले चलाएको मोटरसाइकलको ठक्करबाट उनको टाउको, खुट्टा तथा अनुहारमा चोट लागेकाले उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
