दार्चुलामा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर २४ वर्षीया झुमा रानाको मृत्यु

पुस २४, २०८२

मनोज बडू

One person dies after being buried under a mudslide in Darchula

दार्चुला — दार्चुलामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ सिमारकी २४ वर्षीया झुमा राना रहेकी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार घरदेखि एक किलोमिटर दूरीमा रहेको दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–१ चौडमा माटो खन्ने क्रममा ढिस्को पुरिएर राना गम्भीर घाइते भएकी थिइन् । 

घाइतेलाई लगत्तै स्थानीयले उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully