डडेलधुरा अस्पतालका सेवा सञ्चालनमा

अध्यक्षमाथि दुर्व्यवहार गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाइने

पुस २४, २०८२

तर्कराज भट्ट

Dadeldhura Hospital services in operation

डडेलधुरा — बिहीबार दिउँसोदेखि डडेलधुरा अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालनमा आएका छन् । बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार भएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द थिए ।

बिहीबार सरोकारवाला निकायबीच भएको छलफलमा अस्पतालका सबै सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा, डडेलधुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा लगायतको उपस्थिति रहेको थियो।

बैठकले अध्यक्षमाथि दुर्व्यवहार गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ।

साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन शंकास्पद गतिविधिहरूका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउने निर्णय भएको छ।

तर्कराज

Link copied successfully