सुदूरपश्चिममा कांग्रेस र एमालेले गरे राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता 

खाती पूर्वमहान्यायाधिवक्ता हुन् भने भण्डारी पूर्वराज्यमन्त्री हुन् । 

पुस २३, २०८२

अर्जुन शाह

Congress and UML register candidacies for National Assembly members in the Far West

धनगढी — राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस र एमालेले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।कांग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारीको उम्मेदवारी दर्ता गराएका हुन् । खाती पूर्वमहान्यायाधिवक्ता हुन् भने भण्डारी पूर्वराज्यमन्त्री हुन् । 

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा जम्मा मतभार ६ हजार एक सय छ । जस अन्तर्गत नेपाली कांग्रेसको २ हजार ६०७, नेकपाको एक हजार ८१६, एमाले एक हजार ५३३, राप्रपा ५३, रास्वपा ५३ र स्वतन्त्र ३८ मतभार रहेको छ । 

Congress and UML register candidacies for National Assembly members in the Far Westनेकपाको मतभार एक हजार ८ सय प्रदेश सभा सदस्यबाट २ हजार ७५६ र स्थानीय तहको ३ हजार ३४४ रहेको छ । सुदूरपश्चिम प्रदेश सभा मतदाता संख्या ५२ छ भने स्थानीय तहको संख्या ८८ रहेको छ ।

सुदूरपश्चिममा धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल र बैतडीको डिलासैनी गाउँपालिकाका सन्तोष प्रकाश जोशी स्वतन्त्र छन् । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully