एमाले बैतडीबाट चौथो पटकका लागि भण्डारी एकल सिफारिस

भण्डारी २०७० को दोस्रो संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभामा लगातार निर्वाचित भएका थिए।

पुस २१, २०८२

मोहन चन्द

UML recommends Bhandari as sole candidate for fourth term from Baitadi

बैतडी — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बैतडीले दामोदर भण्डारीको नाम एकल सिफारिस गरेको छ।

भण्डारी २०७० को दोस्रो संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभामा लगातार निर्वाचित भएका थिए। उनलाई एमाले बैतडीले चौथो पटक प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस गरेका हो।

एमाले केन्द्रीय सदस्य रहेका भण्डारीलाई जिल्ला कमिटिले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए । 

जेन–जी आन्दोलनअघि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए। संविधानसभाकै समयमा अर्थ राज्यमन्त्री भएका भण्डारी तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन्।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully