दार्चुला एमालेबाट ठगुन्नाको एकल नाम सिफारिस

नेता ठगुन्नालाई आगामी निर्वाचनमा उम्मेदवार बनाएर जनताको माझमा जाने निर्णय गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए ।

पुस २१, २०८२

मनोज बडू

Darchula UML recommends Thagunna's single name

दार्चुला — एमालेले दार्चुलाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नालाई एकल सिफारिस गरेको छ । आइतबार बसेको एमाले जिल्ला कमिटी दार्चुलाको बैठकले ठगुन्नाको नाम सिफारिस गरेको हो ।

ठगुन्ना २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । उनी कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूसित पराजित भएका थिए ।

नेता ठगुन्नालाई आगामी निर्वाचनमा उम्मेदवार बनाएर जनताको माझमा जाने निर्णय गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए । 

ठगुन्ना यसअघि २०७४ को प्रतिनिधिसभा सदस्य र २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । 

दार्चुलाबाट यसअघि नेपाली कांग्रेस, नेकपा, रास्वपा र राप्रपाले प्रतिनिधसभा सदस्य निर्वाचनका लागि आ–आफ्ना उम्मेदवार सिफारिस गरिसकेका छन् । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully