एमाले डोटीबाट प्रतिनिधिसभाका लागि भट्ट र मल्लसहित ८ जनाको नाम सिफारिस

कैलाली–४ बाट एकल सिफारिस भइसकेका भट्टको नाम डोटीबाट पनि पहिलो नम्बरमा सिफारिस गरिएको जिल्ला सचिव पदमराज भट्टले जानकारी दिए ।

पुस २०, २०८२

मोहन पनेरु

UML recommends names of 8 people, including Bhatta and Malla, for the House of Representatives from Doti

डोटी — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले डोटी निर्वाचन क्षेत्रबाट उपमहासचिव लेखराज भट्टसहित ८ जनाको नाम सिफारिस गरेको छ । 

कैलाली–४ बाट एकल सिफारिस भइसकेका भट्टको नाम डोटीबाट पनि पहिलो नम्बरमा सिफारिस गरिएको जिल्ला सचिव पदमराज भट्टले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । 

पार्टीले टिकट दिएमा मल्लले प्रदेश सांसद पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारी गरेका छन् । भट्ट र मल्लबाहेक ६ जना आकांक्षीको नामसमेत सिफारिस गरिएको छ । सिफारिस सूचीमा दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामी रहेका छन् ।

मोहन

Link copied successfully