डोटी र डडेलधुरा एउटा–एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।
धनगढी — सुदूरपश्चिम प्रदेशसभाका दुई जना सांसद आसन्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । डोटी प्रदेशसभा निर्वाचनमा क्षेत्र (१) एमालेबाट निर्वाचित सांसद चक्रबहादुर मल्ल डोटीबाटै प्रतिनिधिसभाका लागि उम्मेदवार हुने तयारीमा छन् ।
‘पार्टीले टिकट दियो भने उम्मेदवार बन्ने तयारीमा जुटेको छु,’ मल्लले भने । मल्ल निकटका कार्यकर्ताले उनी डोटीबाट चुनाव लड्ने लगभग पक्का भइसकेको बताए ।
अर्का सांसद ताराप्रसाद जोशी पनि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने बारे तयारी गरिरहेको बताउँछन् । डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा निर्वाचित भएका सांसद जोशी उज्यालो नेपाल पार्टीमा आaद्ध थिए । हाल रास्वपामा एकता भएपछि डडेल्धुराबाटै उम्मेदवारी दिने तयारीबारे आवश्यक परामर्श तथा छलफल गरिरहेको उनले बताए । ‘के गर्ने भन्नेमा चाँडै टुंगोमा पुग्छौं,’ उनले भने ।
डोटी र डडेलधुरा एउटा–एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।
