जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अन्दाजी ५५/५६ वर्षीया महिलाको शव नदी किनारमा फेला परेको हो ।
दार्चुला — दार्चुलास्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको छ । शनिबार महाकाली नगरपालिका–७ धापस्थित महाकाली नदी किनारमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अन्दाजी ५५/५६ वर्षीया महिलाको शव नदी किनारमा फेला परेको हो । बिहान स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट गएको प्रहरी टोलीले घटनास्थल मुचुल्कासहित शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याएको दार्चुला प्रहरीका प्रवक्ता हेमराज भट्टले बताए ।
महिलाको शव केही दिनअघिको जस्तो देखिएको छ । घटनाको विषयमा थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
