चिसो बढेपछि बेदकोटमा विद्यालय एक साता बन्द

पश्चिम तराइमा केही दिनयताकाे शीतलहरका कारण बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

पुस १४, २०८२

भवानी भट्ट

School in Bedkot closed for a week due to increasing cold

कञ्चनपुर — शीतलहरसँगै चिसो बढेपछि बेदकोट नगरपालिकाले एक साताका लागि विद्यालयमा बिदा दिएको छ ।

सोमबारदेखि पुस २१ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । 

‘चिसो र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्नुपर्ने भएकाले एक हप्ताका लागि बिदा दिने निर्णय भएको हो,’ नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज भट्टले भने, ‘४५ दिन पाउनेमा २५ दिन मात्रै खर्च भएको छ, त्यसैबाट कटौती हुने गरी बिदा दिएका हौं ।’ 

पश्चिम तराइमा केही दिनयता शीतलहरका कारण चिसो अध्यधिक बढेको छ । बालबालिका र बृद्धबृद्धा चिसोका कारण बढी प्रभावित भएका छन् । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully