परिवारका अनुसार भीरबाट खसेको ढुङ्गाले थापाको दायाँ खुट्टा भाँच्चिएको र बायाँ खुट्टामा समेत गम्भीर चोट लागेको छ ।
दार्चुला — विद्यालयबाट घर फर्किने बेला भीरबाट खसेको ढुंगा लागेर एक बालिका गम्भीर घाइते भएकी छन् । सोमबार दिउँसो घर नजिकको चुन्याकाठा भीरबाट खसेको ढुंगाले लागेर महाकाली नगरपालिकाको मसिनी बालुवाकी पुष्पा थापाको खुट्टा भाँचिएको हो ।
महाकाली नगरपालिका- ७ लटिनाथ आधारभूत विद्यालय थालिगाडमा अध्ययनरत ११ वर्षीया छात्रा थापालाई ढुंगा लागेर घाइते भएकी हुन् ।
महाकाली नगरपालिकाकै मसिनी बालुवा बस्ने थापा स्कुलबाट घर फर्किने बेला माथिबाट आएको ढुंगा लागेर घाइते भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डा. डम्बरदत्त भट्टले जानकारी दिए । घाइते बालिकालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
परिवारका अनुसार भीरबाट खसेको ढुङ्गाले थापाको दायाँ खुट्टाको घुँडाको भाग भाँच्चिएर अलग भएको छ । बालिकाको बायाँ खुट्टामा समेत गम्भीर चोट लागेको छ ।
