चुल्लेकमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अनुसार गाउँपालिकाले केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो।

पुस १४, २०८२

तर्कराज भट्ट

Community health center opens in Chulek

डडेल्धुरा — अजयमेरू गाउँपालिका–२ चुल्लेकमा सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा गरिएको छ ।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अनुसार गाउँपालिकाले केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो।

पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालका अनुसार नयाँ स्वास्थ्य केन्द्रमार्फत पोषण, परिवार नियोजन, पााच वर्षमूनिका बालबालिकाका स्वास्थ्य जाँचलगायत प्राथमिक सेवा उपलब्ध गराइनेछ। साथै अहेबद्वारा नियमित स्वास्थ्य सेवा संचालन गरिने उनले बताए।

स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै गाउँपालिकाभित्र हाल १५ वटा स्वास्थ्य संस्था रहेको र आवश्यकताका आधारमा थप सेवाको दायरा बढाइने गाउँपालिका कार्यालयले जनाएको छ।

तर्कराज

Link copied successfully