लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् ।

पुस १३, २०८२

तर्कराज भट्ट

Fugitive defendant arrested in drug case

डडेल्धुरा — फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् ।

उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिजापतीमाथि लागुऔषध सम्बन्धी मुद्दामा अदालतले सजाय सुनाएको थियो । सजाय भुक्तान गर्नुपर्ने अवस्थामा फरार रहेकाले प्रहरी निरन्तर खोजीमा थियो । 

पक्राउ परेका सिजापतीलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार मुद्दा–मामिलामा अदालतबाट सजाय पाएका व्यक्तिहरू खोजतलास र पक्राउ अभियानलाई निरन्तर रूपमा अघि बढाइएको पनि स्पष्ट पारेको छ ।

तर्कराज

Link copied successfully