प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका त्रिलोचन भट्ट, हर्कबहादुर सिंह, जङ्ग बिक, अङ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीरबहादुर थापा, धनबहादुर विष्ट र प्रकाश जोशी उम्मेदवार सिफारिस भएका छन् ।
डोटी — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।
साविकको माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न पार्टीको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका त्रिलोचन भट्ट, हर्कबहादुर सिंह, जङ्ग बिक, अङ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीरबहादुर थापा, धनबहादुर विष्ट र प्रकाश जोशी उम्मेदवार सिफारिस भएका छन् ।
सिफारिस हुनेहरूमा खस-आर्यतर्फ सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री भट्ट र संविधान सभा सदस्य सिंह, दलिततर्फ जङ्ग विक र सिद्धराज विक, महिला/जनजातितर्फ अन्जिता श्रेष्ठ, युवातर्फ धनबहादुर विष्ट र नव युवातर्फ वीरबहादुर थापा र प्रकाश जोशी रहेका छन् ।
नव युवातर्फ उम्मेदवार सिफारिस भएका थापा अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका अध्यक्ष हुन् भने जोशी वाईसीएल डोटीका इन्चार्ज हुन् ।
यस्तै समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् । गोरखबहादुर सार्की, कृष्ण दर्लामी, पुर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिलबहादुर कठायत, डम्बर धर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मणनाथ योगीलाई सिफारिस गरिएको छ ।
यसैगरी राष्ट्रिय सभा सदस्य पदका लागि भरतबहादुर बोहरा सर्वसम्मत रूपमा सिफारिस भएका छन् । पार्टीले समावेशिता, अनुभव र संगठनप्रतिको योगदानलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ ।
