घरबाट भारतको पिथौरागढमा मजदुरी गर्न जान्छु भनी मंगलबार बिहान गाउँलेहरुसँग गएका उनी पञ्चेश्वर–४ देखि बिनायक सडकखण्डको चौँडलीमा मृत फेला परेको मृतकका दाइ दीपक चन्दले बताए ।
बैतडी — बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सन्तोलाका २५ वर्षीय तेजबहादुर चन्द बुधबार मृत फेला परेका छन् ।
घरबाट भारतको पिथौरागढमा मजदुरी गर्न जान्छु भनी मंगलबार बिहान गाउँलेहरुसँग गएका उनी पञ्चेश्वर–४ देखि बिनायक सडकखण्डको चौँडलीमा मृत फेला परेको मृतकका दाइ दीपक चन्दले बताए । ‘भाइको शरीरमा निलडाम देखिएको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टले के देखाउँछ थप अनुसन्धानका लागि पछि उजुरी दिन्छौं ।’
चन्दलाई सडकमा अचेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा चन्दको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देब बडूले बताए । ‘मृतक चन्दको नजिक मदिराको सीसी भेट्टिएको छ,’ उनले भने, ‘मृतक सडकमा घोप्टो परेको अवस्थामा थियो, थप अनुसन्धान भइरहेको छ ।’
लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको उनले बताए ।
