सामुदायिक वनको रुख काट्नेलाई ५० हजार जरिवाना

सामुदायिक वनको ८ वटा उत्तिसको रुख काटेको पाइएपछि एक स्थानीयलाई जरिवाना तिराइएको हो ।

पुस ६, २०८२

मोहन पनेरु

50,000 fine for cutting down trees in community forests

डोटी — डोटीको जोरायल गाउँपालिका-४ सिराड सामुदायिक वनमा रुख काटेको भन्दै ५० हजार जरिवाना तिराइएको छ ।

सामुदायिक वनको ८ वटा उत्तिसको रुख काटेको पाइएकाले स्थानीय भक्तबहादुर पुन मगरले वन समूहलाई पचास हजार रुपैयाँ जरिवाना तिरेका हुन्। 

स्थानीयले वन समूहका अध्यक्ष योगेन्द्र गुरुङले मिलेमतोमा रुख काट्न लगाएको बताए पनि त्यसो नभेटिएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ। सामुदायिक वन क्षेत्रबाट विभिन्न साइजको आठ वटा रुख काटिएको पाइएकाले वन समूहको विधान र कार्ययोजनाअनुसार समूहले ५० हजार जरिवाना असुल गरेको डिभिजन वन कार्यालयका डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले बताए।

यस्तै, सामुदायिक वन समूहका अध्यक्ष गुरूङले रुख कटानीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्। उनले रुख काट्ने स्थानीयबाट जरिवाना असुल गरिएको स्पष्ट पारेका छन्।

मोहन पनेरु

Link copied successfully