डडेलधुरामा उज्यालो नेपाल पार्टी गठन, अध्यक्षमा भण्डारी

जिल्ला कमिटीको उपाध्यक्षमा खडकबहादुर थापा र तेजबहादुर चुनारा चयन भएका छन् । सचिवको जिम्मेवारी सुरेन्द्र मल्ललाई दिइएको छ भने सहसचिवमा राजन कैनी र जस्मीन भट्ट चयन भएका छन् ।

पुस ५, २०८२

तर्कराज भट्ट

Ujjaya Nepal Party formed in Dadeldhura, Bhandari as president

डडेलधुरा — उज्यालो नेपाल पार्टीले डडेलधुरामा संगठन विस्तार गरेको छ । शनिबार जिल्ला सदरमुकाममा आयोजित भेलाबाट ३१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

डडेलधुरामा भेलाले अमरगढी नगरपालिकाकी निवर्तमान उपप्रमुख संगीता भण्डारीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ । यसअघि एमालेबाट उपप्रमुखमा निर्वाचित भण्डारी पछिल्लो समय एकीकृत समाजवादीसँग निकट रहँदै आएकी थिइन् । 

जिल्ला कमिटीको उपाध्यक्षमा खडकबहादुर थापा र तेजबहादुर चुनारा चयन भएका छन् । सचिवको जिम्मेवारी सुरेन्द्र मल्ललाई दिइएको छ भने सहसचिवमा राजन कैनी र जस्मीन भट्ट चयन भएका छन् । कोषाध्यक्षमा अन्जु ताम्राकार रहेकी छन् ।

सदस्यहरूमा छत्रराज जोशी, हरिसिंह भण्डारी, देवदत्त भट्ट, रोशनी ताम्राकार, राजेन्द्र जैशी, नविन धामी, टंकप्रसाद अवस्थी, शशीकला धामी, कविराज अवस्थी, शान्ति साउाद, डम्बर भट्ट, सारीका लुहार, मदनराज पनेरु, लालबहादुर बुढाऐर, नरबहादुर पाल, दुर्गा पाठक र राजेन्द्र पाण्डेलगायत चयन भएका छन् ।

भेलामा सुदूरपश्चिम प्रदेशसभा सदस्य ताराप्रसाद जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए । स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ सालको निर्वाचन जितेर प्रदेशसभामा पुगेका जोशी, कुलमान घिसिङ निकट रहेर उज्यालो नेपाल पार्टीमा समाहित भएका थिए ।

तर्कराज भट्ट

Link copied successfully