नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मानसिंह धामी पक्राउ परेका हुन् ।
दार्चुला — दार्चुलामा करिब दुई किलोग्राम चरेससहित एकजना पक्राउ परेका छन् ।
नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मानसिंह धामीलाई शैल्यशिखर नगरपालिका-२ बाट प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार धामीका साथबाट एक किलो ९७५ ग्राम चरेस फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर–धुलिगडा सडक खण्डमा धामीलाई जाँच गर्दा उनको साथबाट चरेससहित १ थान डिजिटल तराजु पनि बरामद गरिएको दार्चुला प्रहरीका डीसपी गौरव महतले बताए । धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
