बैतडीमा फरार दुई जना प्रतिवादी पक्राउ

प्रहरीले सिगास गाउँपालिका–९ बजाड बस्ने २६ वर्षीय राजमती धामी र डिलासैनी गाउँपालिका–६ गोकुलेश्वर बस्ने ३७ वर्षीय सुरेन्द्रसिंह माललाई पक्राउ गरेको हो।

मंसिर १४, २०८२

मोहन चन्द

Two absconding accused arrested in Baitadi

बैतडी — बैतडीका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिगास गाउँपालिका–९ बजाड बस्ने २६ वर्षीय राजमती धामी र डिलासैनी गाउँपालिका–६ गोकुलेश्वर बस्ने ३७ वर्षीय सुरेन्द्रसिंह माल रहेका छन्।

धामीलाई शनिबार घर नजिकैबाट र माललाई धनगढी उपमहानगरपालिका–३ सहिदगेटबाट पक्राउ गरिएको हो। धामीलाई बैतडी जिल्ला अदालतले हाँडनाता करणी मुद्दामा एक वर्ष कैद सजाय तोकेको थियो।

यस्तै, माललाई जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकेको थियो। यी दुई जनालाई फैसला कार्यान्वयनका लागि पक्राउ गरी अदालत पेस गरिएको प्रहरीले जनाएको छ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully