दार्चुलाका कर्मचारीद्वारा पुनर्निर्माणका लागि सहयोग

कर्मचारीबाट संकलन गरिएको दुई लाख ६५ हजार पाँच सय रकम आइतबार पुनर्निर्माण कोषलाई हस्तान्तरण गरेको हो ।

मंसिर १४, २०८२

मनोज बडू

Darchula employees provide assistance for reconstruction

दार्चुला — दार्चुलामा कार्यरत कर्मचारीहरूले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि दुई लाख ६५ हजार पाँच सय सहयोग गरेका छन् । 

कर्मचारीबाट संकलन गरिएको दुई लाख ६५ हजार पाँच सय रकम आइतबार पुनर्निर्माण कोषलाई हस्तान्तरण गरेको हो । जिल्लाका सबै निकायमा कार्यरत निजामती कर्मचारीबाट रकम संकलन गरिएको निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष वीरेन्द्रसिह धामीले बताए । 

राष्ट्रको संरचना क्षतिग्रस्त भएको कठिन समयमा दार्चुलाबाट गरिएको सहयोग सकारात्मक कदम भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । दार्चुलाबाट संकलित रकमले थोरै भए पनि पुनर्निर्माणमा सहयोग पुग्ने यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन् । 

प्रजिअ पौडेलका अनुसार पुनर्निर्माण कोषमा तीन सयभन्दा बढी कर्मचारीले सहयोग प्रदान गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा रहेका जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कश्यप)ले राष्ट्र संकटमा रहेका बेला कर्मचारीबाट रकम संकलन गरी सहयोगप्रति प्रशंसा गरेका थिए । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully