नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा एकता सभा

एकता सभालाई सम्बोधन गर्न संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन् ।

मंसिर १२, २०८२

अर्जुन शाह

Nepali Communist Party holds unity rally in Dhangadhi

धनगढी — नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा एकता सभा गर्दैछ ।

एकता सभालाई सम्बोधन गर्न संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन् । 

सभाको तयारीका लागि एक सातादेखि नै नेता भीम रावल धनगढीमै छन् । एकता सभामा सहभागी हुने तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीका नौ वटै जिल्लाका नेता, कार्यकर्ता धनगढी आइपुगेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १२ वटा घटक बीच एकीकरण भएपछि नवगठित नेपाली कम्युनिष्ट पार्टीले सात वटै प्रदेशमा एकता सभा गर्ने तयारी गरेको छ । त्यस क्रममा सुदूरपश्चिमबाट एकता सभा गर्न लागिएको नेता कार्यकर्ताले बताएका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully