कैलालीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु

४० वर्षीय राजेश चौधरीको मोहनामा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो

मंसिर ११, २०८२

रञ्जना बिसी

One person dies after drowning in Mohana River in Kailali

कैलाली — कैलालीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–६ का ४० वर्षीय राजेश चौधरीको मोहनामा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार, माछा मार्ने क्रममा डुबेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

रञ्जना

Link copied successfully