एकै घरबाट ५ थान बन्दुक बरामद

लुहारको घरमा बन्दुक बनाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो प्रहरी खटिएको थियो ।

मंसिर ११, २०८२

मोहन चन्द

5 guns recovered from one house

बैतडी — बैतडीमा प्रहरीले एकै घरबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । पाटन नगरपालिका –७ उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरबाट बन्दुक बरामद भएको हो ।

लुहारको घरमा बन्दुक बनाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो प्रहरी खटिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोसाकमा खटिएको टोलीले खानतलासी गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

लुहार अहिले उपचारका सिलसिलामा भारतमा रहेको बुझिएको र उक्त विषयमा थप अनुसन्धान भइरहेको बडूल बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully