कञ्चनपुरमा हात्तीको आक्रणबाट एक जनाको मृत्यु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले विष्टमाथि आक्रमण गरेको थियो ।

मंसिर ९, २०८२

भवानी भट्ट

One person dies in elephant attack in Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घरको भित्ता फोड्दा भाग्ने क्रममा विष्टमाथि आक्रमण गरेको थियो । अन्यले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully