बैतडीमा लागूऔषधका फरार प्रतिवादी पक्राउ

प्रहरीले पुर्चौडी नगरपालिका–४ धौलकांडाकी ३५ वर्षीया भावना धामीलाई पक्राउ गरेको हो।

मंसिर ४, २०८२

मोहन चन्द

Fugitive drug suspect arrested in Baitadi

बैतडी — बैतडीमा लागूऔषध चरेस मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ धौलकांडाकी ३५ वर्षीया भावना धामी रहेकी छिन्।

उनीलाई जिल्ला अदालत बैतडीले लागू औषध चरेस मुद्दामा एक वर्ष सात महिना छ दिन कैद सजाय र १५ हजार जरिवाना तोकेको थियो। भावना अहिलेसम्म फरार रहेकी थिइनन्। उनीलाई हिजो (बुधबार) घर नजिकैबाट अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully